

हेनरीक इन्सनको
नोरा जस्तै
अलप भयौ मेरो भूगोलबाट ।
नोरा विद्रोह गरेर हिड्न
तिमी चाल मारेर हिड्यौ
कहाा गयौ ? किन गयौ ?
गर्दिन म यी प्रश्नहरु
जाउ अर्कै ब्रम्हाण्डमा
बसाउ सुखको अर्को बस्ती
सजाउ सुखको अर्को संसार
नारी स्वतन्त्रताको कुरा
उठिरहेको बेला
आधा आकाशको
माग गरिरहेको बेला
म तिमीलाइ कहाा छेक्न सक्छु
कहां धेरै भित्र थुनेर
राख्न सक्छु
मैले मूल्ल तिरेर किनेको
जिनिस होईनौ तिमी
कसरी मेरो हो भन्न सक्छु
मेरो वंश चलाई दिने
मेशिन पनि होईनौ तिमी
र भोग्य बस्तु पनि ।
जाउ अर्कै ग्रह उपग्रहमा
स्वतन्त्रताको पखेटा फिजाउदै
आधा आकाशको हिस्सेदार हौ तिमी
लैजाउ चिरेर तिमीले ओढेको
आधा आकाश
लैजाउ तिमीले टेकेको आधा
आधा पृथ्वी
र लैजाउ पछ्याउरामा
पोको पारेर
चलमलाई रहेको बादल ।
त्यहां तिमीले
स्वतन्त्रता र समानताको
सग्लो पृथ्वी रच्नु पर्छ
र अधिकार सम्पन्न
सुन्दर संसार
निर्माण गर्नु पर्छ ।
Email:-rbndr_adhoro@yahoo.com