
कनै जरुरी काम होस्
भक्तपुरदेखि रत्नपार्कसम्म
पुराका पुरा सडक जाम होस्
अनि पो थाहा हुन्छ समयको महत्व ।
जमाना आधुनिक होस्
इन्टरनेट र च्याट होस्
कुरा गर्दागर्दै झ्याप्प बत्ती जाओस्
अनि पो कुराको महत्व हुन्छ ।
तिमीलाई के थाहा लामो लाममा बस्नुको पीडा
तिमीलाई के थाहा लामो जाममा बस्नुको पीडा
हरेक सेकेण्ड एक घण्टा आयु घट्छ
एक हप्तामा गर्छु भनेको काम वर्ष कट्छ ।
जलस्रोतले सम्पन्न अंध्यारोमा बस्नुको मजा
हर घरमा गाडी, काममा पैदल हिड्नको मजा
पानी पिउनु त मेलम्चीको मजा
जीवन जिउनु त नेपालको मजा ।
| पाठक प्रतिक्रिया | |
|
|