
निर्वाचनकोन प्रचार प्रसार भएको छ , न गाँउ शहर रंगिएका छन् । तर पनि घर घरमा संविधान सभा निर्वाचनको सन्देश भने सबैले पाउदै गएका छन् । यसले संविधान सभा निर्वाचन सार्थक हुने आशा चाहिं बढाएको छ । सिंगारिए पछि पो बेहुली भन्ने भनाइलाई आउंदो संविधान सभा निर्वाचनले झुटो सावित गर्ने भएको छ । न कतै पोष्टर टाँसिएका छन् न त व्यानरहरु नै देखिन्छन् । युवाहरुको हुल पनि हातमा बाल्टिन बोकेर भित्तेलेखनमा हिडेका छैनन् । विराटनगर ४ का मञ्जु आचार्यलाई बिहे आयो तर बेहुली देखिएन भने जस्तो लागिरहेको छ यो चुनाव त । भित्ता लेख्नेलाई एक लाख जरिवाना भनेपछि चुनावलाई बेहुली बनाउछु भनेर लागेकाहरु थचक्क बसेका छन् । यो पटक मतदाताहरुले कतै पोष्टर पनि देखेका छैनन् कतै रंगिचंगी ठूला ब्यानर र झण्डा पनि देख्न पाएनन् । तर चुनावको प्रचार भने गाँउमा पुगिसकेको छ । उम्मेदवारहरु गाँउ गाउँ लागिसकेका छन् । तर यो पटक उनीहरुले निकै फरक अनुभुति पनि गरेका छन् । अघिल्लो पटकको चुनावमा गाडिका ताँती लगाएर हिड्ने नेताहरुको यो पटक खुट्टो भाँचिए जस्तै भएको छ । निर्वाचन आयोगले नै एउटा गाडि लिएर हिड् भनेपछि उनीहरुको खुट्टो मर्किएको हो । संविधान सभाको चुनाव अचम्मको हुदोरहेछ भन्ने अनुभुती उम्मेदवारहरुले मात्र हैन अरुले पनि गरेका छन् । पत्रकार उमेश विश्वकर्मा भन्नुहुन्छ यो चुनाव त नेताले हैन निर्वाचन आयोगले नै भोट मागिदिने चुनाव हो । अचम्मै हो पहिले पहिले हात जोडि जोडि मलाई भोट दिनुपर्छ त्यो दिन कहि नजानु भनेर उम्मेदवार आफै भन्थे तर यो पटक चाहिं आयोग आफै चुनावमा भाग लिन नछुटौं है भनीरहेको छ । त्यती मात्र कहाँ हो र यस पाली त कुन उम्मेदवार धनी कुन गरिब नछुट्टीने भएको छ । ल हेर्नुस त हिजो अस्तीको चुनावमा लाखौं खर्च गर्ने बाँनी परेकाहरु यस्तो व्यवस्था भएपछि कस्ता भएका होलान् । अनि पैसा नभएकाहरु चाहिं पक्कै हौसिएका छन् । आखिर सबैले पाँच लाख भन्दा कम नै खर्च गर्न पाउने हुन क्यार । एउटा गाडि र दुइवटा घोडा बाहेक कुदाउन नपाइने भएपछि सबै समान जस्तो देखिएको हो । मोरङमा नेकपा एमाले, माओवादी, नेपाली कागें्रस लगायत सबैलाई चुनाव लागीसकेको छ । उनीहरु गाउं गाउं पनि गइसकेका छन् । प्रत्येक गाविसमा अहिले एक दुई जना उम्मेदवारहरु घुमिरहेका छन् । गाउं नरंगिए पनि जनता उमंगमा रहेको र चुनावको चहलपहलले निकै रौनकता थपेको माओवादीको मोरङबाट उम्मेदवार भएका शिवकुमार मण्डलको अनुभव छ । नेकपा एमाले उम्मेदवार महेश रेग्मी यो चुनाव स्वस्थ प्रतिष्पर्धाका हिसाबले निकै राम्रेै रहेको बताउनुहुन्छ । झण्डाको आकार पनि आयोगको अनुमतिमा, गाडिको संख्या पनि उसैको अनुमतिमा सबैथोक अरुकै नियन्त्रणमा हुदाँ पो चुनाव रमाइलो हुंदो रहेछ । नत्र यी नेताहरु यति बेला हान्ने साढे जस्ता हुन्थे । धन हुनेले बुद्धि भएकालाई निकै पछाडि पार्थे यसपाली चाहिं निर्धाकै दिन आए जस्तो छ । सबै समान रुपमा हिंडे पछि त को कस्तो को ? छुट्याउनै गार्Юहो पर्Юयो नि !
| पाठक प्रतिक्रिया | |
|
|