
महिला बेचविखन मानवअधिकारको गम्भीर हनन् हो । तर यहां मानवअधिकार सम्बन्धी जति शिक्षा दिए पनि महिला बेचविखन कार्यमा कमी भने आएको देखिदैन । महिलालाई यहाँको समाज र पुरुषवादी चिन्तनले मात्र होइन, राज्यले समेत दोस्रो दर्जाको नागरिकको व्यवहार गर्दै आएको छ । यहांका पढेलेखेका र जानेबुझेका भनिने पुरुषहरूले महिलाहरूलाई कसरी अगाडि बढाउने भन्ने कहिल्यै सोचेनन् । बरु पुरुषहरूबाटै महिलाहरू शोषण, दमनको शिकार बन्नुपरिरहेको छ । यहाँसम्म कि महिलाहरू बेचिनुपरेको छ । यो हाम्रो समाजको यथार्थ हो । हाम्रो जस्तो गरिबी र अशिक्षाले भरिएको देशमा रोजगारीका कुनै अवसर छैन । अनि पैसाकै लागि पुरुषहरूले महिलालाई दलालको हातमा सुम्पेर भारतका विभिन्न सहरमा रहेका कोठीहरूसम्म पुर्याउने गरेका छन् । अझ राजधानीसँग जोडिएका गाउंहरूको कहालिंलाग्दो स्थिति के छ भने कतिपय आमाबाबुहरूले नै आफ्नी छरी ठूली हुन थालेपछि दुई/चार पैसा कमाउने लोभमा बेश्यालयसम्म पुर्याउने गरेका छन् । बांच्ानका लागि सघंर्ष गर्नुपरिरहेको गरिबीका कारण कतिपय व्यक्तिहरूले जान/अन्जानमासमेत यस्तो अपराधमा संलग्नता जनाउने गरेको पाइएको छ । कतिपयले भनेझैं महिलामा रहेको अशिक्षाले गर्दा मात्रै महिला दिदीबहिनीहरू बेचिनुपरेको हो भनेर मान्न सकिन्न । यहां नपढेका पुरुषहरूको संख्या पनि त विशाल छ, भने महिलाहरूले पढ्न नपाउनु कुनै अनौठो पनि होइन । तर अनौठो त के हो भने महिला भएकै कारण बेचिनुपर्ने, पुरुषहरूको खेलौनाझैं हुनुपर्ने यो अनौठो हो । यहां पढेलेखेका भनाउंदाहरूबाट नपढेका र गरिबीको चपेटामा परेकाहरू झनै चेपिएका छन् । दलालहरूको हातमा छोरी/बहिनीहरू सुम्पन बाध्य भएका छन् । विकट गाउंहरूमा गएर रोजगारका लागि भनेर चेलीहरू उठाउादै दलालहरूले भारतमा मात्र होइन, अहिले त खाडी मुलुकहरूसम्म पठाउने गरेका छन् । कतिपय आमाबुबाले छोरीले राम्रो पैसा कमाएर पठाई दिन्छे, तर छोराले पठाउादैन भनेर छोरालाई घरमै राखी छोरीलाई रोजगारीका लागि पठाउंछन् तर ती आमाबुबा र जाने छोरीहरूलाई के थाहा अब छोरी कहिल्यै फर्केर आउंदिनन् भनेर । आज यत्रो चेलीबेटी बेच्ने दलाल र मानव तष्करहरू खुलेआम हिाडिरहेका छन् । उनीहरूलाई कार्बाही गर्ने हाम्रो देशमा कुनै त्यस्तो प्रभावकारी कानुन छैन, जसको अभावमा उनीहरूले कडा सजाय पाउन सकेका छैनन् । कथंकदाचित त्यो अपराधी पक्राउ परिहाल्यो भने पनि उसलाई उपल्लो तहका सत्ता सञ्चालकको एक कल फोनको भरमा उसलाई छुटाउाछन् । उनीहरूलाई कार्बाही गर्दा सत्ता सञ्चालकको पोल खुल्ने भएकाले नेपाली उखानमा \\\'लहरो तान्दा पहरो थर्कन्छ\\\' भनेजस्तै भएको छ । यहां किन र कसरी महिला बेचविखन सुरु भयो भन्ने अध्ययन गर्दा प्रश्नहरू राज्यसत्तासंगै जोडिन्छन् । मातृसत्ताको अन्त्य र पितृसत्ताको उदय संगसंगै महिलाहरूमाथि लैङ्गकि विभेद शुरु गरिएको पाइन्छ । मानिसहरू जंगली युगमै रहेको बेला पनि लडाई जितेका समूहले हारेका समूहका कलिला र राम्रा महिलाहरूलाई रख्यौटी राख्ने चलन चलाइयो । यसैबाट पनि थाहा हुन्छ पितृसत्तात्मक समाजबाट महिला उत्पीडनका साथै लैङ्गकि उत्पीडनको पनि सुरुवात भएको कुरा । महिलाहरूमाथिको उत्पीडन पितृसत्ताको उपज बनेको छ । यसलाई अझ बढी मलजल गर्ने काम सामन्ती सत्ताले गरेको छ । विशेषगरी जब हिन्दू धर्मअनुरूपका संस्कारहरू राज्यसत्ताको बलमा थुपि्रन्न थाले, त्यसपछि झन पितृसत्तात्मक उत्पीडनले तीव्र रूप लियो । त्यही पिृतसत्ताकै आडमा अभाव र अशिक्षाले ग्रस्त समाजका चेलीहरू बेचिन थाले । अहिले जसरी राष्ट्रियताको रक्षाका लागि सबै जातजाति, भाषाभाषी, लिङ्ग, क्षेत्र र वर्गका जनताहरू एकजुट हुन आवश्यक छ, त्यस्तै गरी महिला बेचबिखनलगायत सबैप्रकारका शोषण र भेदभावहरू रोक्नका लागि पनि ठूलै संघर्षको आवश्यकता छ । माइती नेपाल जस्ता एन्जीओहरू जो रूपमा महिला बेचविखन रोक्न क्रियाशील भएको जस्तो लाग्छन् तर महिला बेचविखन रोक्न लागिरहेका छैनन् । यत्रो \\\'डलरवादी\\\'हरूको प्रयासले बेचविखन कहिल्यै रोकिदैन । महिला बेचविखनविरुद्ध अभियानात्मक रूपमा आन्दोलन सञ्चालन गर्नु आवश्यक छ । अहिले त हामीकहां महिलाहरूलाई वा सम्पूर्ण समाजलाई विगत १०० वर्षले दिन नसकेको चेतना २०५२ साल फागुन १ गतेदेखि सञ्चालन भएको १० वर्षे जनयुद्धले दिएको छ । सामन्ती सत्ताविरुद्ध महिलाहरूलाई हतियार बोकेर दुश्मनसंग आमनेसामने लड्न सिकाएको छ । महिलाहरूको त्यो साहस र क्षमताले महिला बेचविखनलगायत सबै प्रकारका अत्याचार र शोषण पनि रोक्न सक्नेछ । सामन्ती सत्ताले महिलामाथि गरेका सबैखाले शोषण, दमन र विभेदको अन्त्य गर्नु आजको ज्वलन्त आवश्यकता हो । आजको २१ औं शताब्दीमा लैङ्गकि विभेदकै कारण महिलाहरू बेचिनु समाजलाई सुहाउने कुरा होइन । यस्तो स्थिति नदोहोरियोस् भनेर सरकारी तहबाटै बेचिएका चेलीहरूलाई स्वदेशमै फर्काउने र स-सम्मान बांच्न पाउने वातावरणको निर्माण गर्नु आवश्यक छ । गरिबी उन्मूलन गरियो र गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारको ग्यारेन्टी गरियो भने धेरै हदसम्म महिला बेचविखनको समस्या आउने छैन । त्यसैगरी महिला बेचविखन निषेध गर्न कडा कानुन बनाइनुपर्छ र बेचविखनविरुद्ध सामाजिक जागरण फैलाउनुपर्छ । यी सबै काम अहिलेको राज्यसत्ताले गर्न सम्भव छैन, त्यसका लागि गरिब सर्वहारावर्गीय शक्ति सत्तामा जानुपर्छ । वर्गीय मुक्तिसंगै लिङ्गीय मुक्ति सम्भव हुनेछ । त्यसैले माओवादी जस्तो जनताको मुक्तिका लागि लामो समय संघर्ष गरिरहेको पार्टीलाई सत्ताको नेतृत्वमा पुर्याउन सकियो भने सर्वहारावर्गको मुक्तिसँगै महिला मुक्ति आन्दोलन पनि सफल हुनेछ ।
| पाठक प्रतिक्रिया | |
|
|