
संसारमा कुनै पनि विकासशील र उन्नतिशील जातीका आ आ
यस सम्बन्धमा किरात सिरिजङगा लिपि पनि पुरानो भाषा लिपिमा पर्छ । किरात इतिहास \\\"साव मुन्धुम\\\" अनुसार किरात लिपि सर्वप्रथम आठौं शताब्दीका किरात राजा सिरिजङगा हाङलाई तागेरा निङवाभुमाङले सपनामा \\\"परमेश्वर\\\" ले दिएको हो । वहां अति आध्यत्मवादी किरात राजा हुनुहुन्थ्यो । र निङवाभुमाङले फाक्तालुङ्ग \\\"हालको कुम्भकर्ण\\\" हिमालको काखमा रहेको गुफामा लगी ७ तला भित्रबाट एउटा ढुङ्गामा लेखिएको वा शिलालेखको रुपमा तागेरा निङवाभुमाङले यो लिपि अन्तिम लिपि हो लागेरा तिम्रो वंशमा प्रचार प्रसार गर्नु सिकाउनु अस्ति पनि लिपि तिम्रो वंशमा दिएको थिए, तर लोप गर्Юयो यो पनि लोप गर्Юयो भने फेरि कहिले पनि दिन्न है भन्दै उपद्देश दिदै दिएको लिपि हो । तिमीहरु मेरो कान्छा \\\"फोवा सासे\\\" सन्तान हौं कहिल्यै नमासिनु किरात जाति हौं । भनेको थियो भनि किरात सामाजिक मुन्धुममा लेखेको पाईन्छ ।
त्यसैले आफूले पाएको ज्ञान नहराओस् भनेर तत्काल \\\"सिरिजङगा मुन्धुम साप्ला\\\" नामको पुस्तक समेत तयार पार्नु भएको थियो । समयको कालन्तरमा यो लिपि पनि पुनः लोपहुन गइरहेको अवस्थामा याङको कृपाले भनुङ त्ये आङसी सिरिजङगा सिं थेवे \\\"१७०४/१७४१\\\" सत्रौ सताब्दीमा पुनः उत्थान गरी प्रचार प्रसारमा ल्याउनु भएको थियो । बुढा आधुनिक भाषा विज्ञानको राम्रो ज्ञात हुनुहुन्थ्यो । भन्ने वहांको लेखाईले पुष्टि गर्छ । वहांको जन्म सुदुर पूर्व नेपालको लिम्बूवानको याङवरक धुमको सिमाना जिल्ला \\\"हाल ताप्लेजुङ\\\" मा सन् १७०४ मंसिर पूणिर्माका दिन भएको थियो ।
यसरी किरात भाषा, लिपि, साहित्य, संस्कृति तथा मुन्धुमको प्रचार प्रसार गर्ने क्रममा नेपाल सरकारले देश द्रोहीको आरोप लगाई देश निकाला गरियो केही चेलाहरुसंग सिक्किममा गई लुकी छिपी भाषा, लिपिको प्रचार प्रसार गर्दै थियो । नेपाल सरकारको सरकारीले तिम्रो देशमा खतरा मान्छे आएर बसेको छ त्यसले पछि तिमीहरुको देश खोस्ने छ भन्ने सुराकी दिए पछि सिक्किमको माताम भन्ने गाउंमा सन् १७४१ सालमा ठाछाङ लामाहरुद्धारा हत्या गरीयो ।
वहांले प्रसार प्रचार गरेको भाषा, लिपि, संस्कृति र संस्कारका प्रभावको कारणले सिक्किममी शासकहरुले वहांलाई राज्य अभियोग लगाउदै बिषालु धनुकाण प्रयोग गरी हत्या गरेका थिए । शिलालेख गर्दै कागजमा लिपिवद्ध गरी संरक्षक गरिएको किरात लिपि अहिले \\\"लिम्बू\\\" संग बिकशित भईरहेको छ । यही किरात भाषा, लिपिमा डा. हकसनले बि.एच.डी गरी नेपालको इतिहासमा नभएका वा भेट्न नसकीने इतिहासहरु लेखि आज जेनेभाको लाइब्रेरीमा विश्वको सामु चिनारीको रुपमा वा प्रमाणको रुपमा राखिएको छ । आज नेपालको इतिहासकारहरु गएर अनुसन्धन साथै अध्यान गरिरहेको छ । नेपालको भाषा, लिपिमा पहिलो चोटी संयुक्त राष्ट्रसंघमा दर्ता पनि भईसकेको छ । नेपालको अरु भाषा, लिपि, दर्ता पनि भईसकेको छैन । हाल यस लिपिलाई फ्रान्समा प्रध्यापनरत अमेरीकि भाषाशास्त्री डा.बल्हड भिखायलयोस्को सहयोगमा कम्प्यूटरका अन्तराष्ट्रिय यूनिकोड समेत समावेश गरिसकिएको छ । यो किरात लिपि अब विश्वव्यापीरुपमा विकसित भइरहेको छ । आज सिक्किममा क्याम्पस लेवल सम्म अध्यापन हुदैछ । नेपालमा पनि प्राथमिक स्तर सम्म मान्यता पाइसकेको छ । अझ विकास प्रचार प्रसार गर्न, संरक्षण र प्रवद्धनको लागि सम्पूर्ण किरात जातिहरुको सहयोग आवश्यक देखिन्छ ।
ताप्लेजुङ थुकिम-७
लेखक किरात धर्म तथा साहित्य उत्थान संघ शाखा मलेसिया
अध्यक्ष हुनुहुन्छ
| पाठक प्रतिक्रिया | |
|
|